जनमत पार्टीको बैठक : सरकारमा सहभागी हुने मुख्य एजेन्डा

काठमाडौं । जनमत पार्टीको केन्द्रीय समिति बैठक काठमाडौँमा बसेको छ । काठमाडौँमा बिहीबार केन्द्रीय समिति, राजनीतिक समिति र केन्द्रीय कार्यकारिणी समितिको बैठकमा एकैपटक बसेको हो । बैठकमा सरकारमा सहभागी हुनेकुरा मुख्य एजेन्डा रहेको छ । बैठकअघि सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले सरकारमा सहभागी हुने एजेन्डासहित बैठक बस्न लागेको बताए । उनले सङ्गठन सुदृढीकरण अभियानलाई प्रभावकारी बनाउने विषय रहेको पनि जानकारी दिए ।

अध्यक्ष राउतले भने, ‘‘केन्द्रीय समिति, राजनीतिक समिति र केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्यो । हाम्रो मूल एजेण्डा भनेको सङ्गठन सुदृढीकरण, अभियान चल्दैछ । त्यसलाई कसरी प्रभावकारी बनाउने विषयमा केन्द्रित छ । विभिन्न समितिमा मनोनीत गर्नुपर्ने नामहरू मनोनीत गर्न र विभिन्न विभाग गठन गर्न बैठक बसेको हो । सरकारमा सहभागिताको विषयमा पनि छलफल हुनेछ ।’’ अध्यक्ष राउतले पार्टीको बैठकमा पार्टीका विभिन्न समितिमा मनोनीत गर्नुपर्ने सदस्यहरू, विभिन्न विभाग गठनको विषयमा पनि छलफल हुने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर