‘जिस्केर मस्केर’ को भिडियो सार्वजनिक

काठमाडौं । गायक सविन सुवेदी र गायिका सरिता भारतीको स्वर रहेको नयाँ लोक गीत ‘जिस्केर मस्केर…’ को भिडियो सार्वजनिक भएको छ ।

गीतको भिडियो ओएसआर डिजिटलको युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।

गीतमा रचना डब्बु क्षेत्रीको, संगीतकार दीपक शर्माको संगीत तथा संगीत संयोजन गायक सविनको रहेको छ । यो गीत आर्टम्युजिक रेकर्डिङ स्टुडियोमा रेकर्ड र मिक्स गरिएको छ ।

बिलक्षण क्रिएसन प्रा.लि.ले निर्माण गरेको उक्त गीतमा चलचित्रका अभिनेता प्रवण भुसाल र गायिका सरिता भारतीको फिचर रहेको छ ।

गीतको भिडियो तथा छायांकन ताप्लेजुङ, झापा, मोरङ, उदयपुर र सिन्धुलीमा गरिएको छ । यसरी हिमालयदेखि तराई, गीतमा ताप्लेजुङ, पाथीभरा देवी, कन्याम र झापा, चियाबागन, सिन्धुली र उदयपुर, चुरेको सुन्दरतलाई, अहोयारीसम्मको फोटोग्राफी गरिएको थियो ।

यो गीतलाई चलचित्रका निर्देशक माधवराज खरेलले निर्देशन गरेका हुन् । गीतमा तिलक रिजालको छायांकन, विकास राउतको ड्रोन, वीरेन्द्र भाट ‘विपिन’को सम्पादन र रंग संयोजन रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर