२३ औं जन्मदिनमा सन्दीपले जिते नगद १ लाख ३२ हजार

काठमाडौं । आफ्नो २३ औं जन्मदिन मनाईरहेका नेपाली क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेले ग्लोबल टी-ट्वान्टी क्यानडामा प्लेयर अफ द म्याच अवार्ड जितेका छन् ।

सर्रे जागुअर्सलाई मिसिसागा प्यान्थर्सविरुद्ध ८ विकेटको सहज जित दिलाउन सन्दीपले ४ ओभरमा मात्रै ६ रन खर्चेर ३ विकेट लिएका थिए ।

जारी सिजनमा सन्दीपले चौथो पटक अवार्ड जितेका हुन् । प्लेयर अफ द म्याच अवार्ड भने सन्दीपले पहिलो पटक जितेका हुन् । सन्दीपले यस अघि तीन खेलमा ५ सय डलर  पुरस्कार राशी भएको मोमेन्ट अफ द म्याच अवार्ड जितेका थिए ।

सन्दीपले प्लेयर अफ द म्याच अवार्ड वापत १ लाख ३२ हजार नेपाली रुपैयाँ पाउनेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर