सिटीमा क्रोएसियन डिफेन्डर

काठमाडौं । म्यानचेस्टर सिटीले जर्मन क्लब आरबी लिपजिगका क्रोएसियन डिफेन्डर जेस्को ग्वार्डिओललाई अनुबन्धन गर्ने भएको छ ।

प्रिमियर लिगको सिटीले ७७ मिलियन पाउण्डमा जर्मन क्लबका डिफेन्डरलाई इङ्ल्याण्डमा ल्याउने निर्णय गरेको हो । सन् २०२१ मा डायनेमो जाग्रेबबाट लिपजिग आएपछि ग्वार्डिओल क्लबका मुख्य खेलाडी रहदै आएका छन् ।

लिपजिगले सय मिलियन पाउण्डको न्युनतम मुल्य लगाएपछि सम्झौता लगभग असम्भव देखिएको थियो । तर दुवै क्लब पछिल्लो रकममा खेलाडी सरुवामा सहमत भएका छन् ।

सिटी प्रशिक्षक पेप ग्वार्डिओलालाई ग्वार्डिओलको आगमनले टिमको डिफेन्स लाइन थप बलियो हुने विश्वास लिएका छन् ।
सिटीले यस समर ट्रान्सफरमा अनुबन्धन गरेका ग्वार्डिओल दोस्रो मुख्य खेलाडी हुन् । क्लबले यसअघि चेल्सीबाट माटेओ कोवासिसलाई २५ मिलियन पाउण्डमा अनुबन्धन गरेको थियो ।

क्रोएसियाका अन्तराष्ट्रिय खेलाडी ग्वार्डिओलले देशका लागि दुई गोल गरेका छन् । उनले सन् २०२२ को विश्वकपमा क्रोएसियलाई तेस्रो स्थान दिलाउन महत्वपुर्ण भुमिका खेलेका थिए । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर