राहुल र श्रेयसले एसिया कप गुमाउने

काठमाडौं । भारतीय ब्याटर केएल राहुल र श्रेयस अय्यरले अर्को महिना श्रीलंका र पाकिस्तानमा आयोजना हुने एसिया कप पनि गुमाउने भएका छन् ।

चोटका कारण पछिल्लो केही समय यता टोली बाहिर भएका राहुल र अय्यर एसिया कपमा फिट नहुने बुझिएको छ ।

एसिया कप आगमी अगष्ट ३० देखी सेप्टेम्बर १७ सम्म पाकिस्तान र श्रीलंकामा हुनेछ । समूह ए मा नेपाल, भारत र पाकिस्तान छन् । समूह बी मा अफगानिस्तान, बंगलादेश र श्रीलंका छन् ।

यी दुई ब्याटर आगामी एकदिवसीय विश्वकपको लागि भने तयार हुने अनुमान गरिएको छ । सेप्टेम्बरमा अष्ट्रेलियाविरुद्ध हुने ओडिआई सिरिजबाट यि दुईको टोलीमा पूनरागमन हुने सम्भावना रहेको छ ।

भारतले आफ्नो सबै खेल श्रीलंकामा खेल्नेछ । भारतले पहिलो खेल अगष्ट २ मा पाकिस्तानसँग खेल्नेछ । दोस्रो खेल अगष्ट ४ मा नेपालसँग खेल्नेछ । हरेक समूहका शीर्ष दुई टोली सुपर फोरमा पुग्नेछन् ।

सुपर फोरपछि शीर्ष दुई टोली फाइनल खेल्नेछन् । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर