अदालतले अनुमति नदिएपछि अधिवक्ता पाण्डे रिहा

काठमाडौं । अधिवक्ता भगवती पाण्डे रिहा भएकी छन्। एक टेलिभिजन अन्तर्वार्तामा विवादित अभिव्यक्ति दिएपछि बुधबार पक्राउ परेकी उनलाई हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतबाट अनुमति मागेको थियो। तर अदालतले उनलाई हिरासतमा राख्ने अनुमति नदिएपछि बुधबार नै पाण्डे रिहा भएकी हुन्।
एक टेलिभिजन अन्तर्वार्ताका क्रममा पाण्डेले गरेको टिप्पणीका सन्दर्भमा पक्राउ गर्न माग गर्दै तामाङ तथा मगर समुदायले बुधबार जिल्ला प्रहरी परिसर काठमाडौंमा प्रदर्शन गरेको थियो। प्रदर्शनका क्रममा झडपसमेत भएको थियो ।
प्रहरीले उनीविरुद्ध जातीय घृणा तथा द्वेष फैलाउने कसुरमा अनुसन्धान अगाडि बढाउन चाहेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर