एमाले नेता कार्कीको यो बहिष्कार

काठमाडौं । कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मुख्यमन्त्री उद्धव थापाको शपथ ग्रहण समारोह बहिष्कार गरेका छन् । आफ्ना लागि सिट व्यवस्थापन नगरेर विभेद गरेको भन्दै उनले शपथ समारोह बहिष्कार गरेका हुन् ।

शपथ समारोहमा निवर्तमान मुख्यमन्त्रीको सिट मुख्यमन्त्रीको साइडमा हुन्छ, शपथ ग्रहणपछि मुख्यमन्त्रीलाई बधाई दिएर सिट छोड्ने प्रचलन हुन्छ । तर मुख्यमन्त्रीको शपथग्रहण समारोहमा त्यो व्यवस्था नगरेर आफूलाई विभेद गरेको भन्दै कार्कीले समारोह बहिष्कार गरेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर