प्रदर्शनका क्रममा प्रहरी कार्यालयको साइन बोर्डमा क्षति, २८ जना पक्राउ

काठमाडौं ।  अधिवक्ता भगवती पाण्डेलाई पक्राउको माग गर्दै तामाङ समुदायले जिल्ला प्रहरी परिसर टेकु पुगेमा प्रदर्शन गरेका छन् । प्रदर्शन गर्ने २८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रदर्शनका क्रममा उनीहरूले परिसरको बोर्डमा ढुंगा प्रहार गरेका थिए । उनीहरूले प्रहार गरेको ढुंगा प्रहारबाट परिसरको बोर्डमा क्षति पुगेको छ । परिसर घेराउ गर्न पुगेका तामाङ कलाकारसहितका २८ जना प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा महिलाहरू पनि छन् ।

अधिवक्ता पाण्डेले एक टीभी कार्यक्रममा अन्तर्वार्ताको क्रममा तामाङ समुदायमा दाजुबहिनीबीच विवाह हुने अभिव्यक्ति दिएकी थिइन् । उनको त्यो अभिव्यक्तिविरुद्ध उनीहरू प्रदर्शन गर्दै टेकु पुगेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर