निःशुल्क उपचारसम्बन्धी विवरण प्रकाशित गर्न निर्देशन

काठमाडौं । सरकारले १० प्रतिशत शय्या छुट्याई निःशुल्क उपचार सेवा दिएको विवरण सार्वजनिक गर्न सबै अस्पताललाई निर्देशन दिएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका  डा. मदन उपाध्यायले सबै सरकारी, निजी तथा सामुदायिक अस्पताल तथा प्रतिष्ठान तथा मेडिकल कलेजहरुलाई पत्राचार गर्दै निःशुल्क सेवा लिएकाको विवरण विद्युतीय बोर्डमार्फत सार्वजनिक गर्न निर्देशन दिएको हो ।

पत्रमा “सेवा लिएका बिरामीको अभिलेख व्यवस्थित रुपमा राख्ने तथा सो को विवरण सार्वजनिक रुपमा देखिने गरी जानकारी दिने टाँस्ने तथा विद्युतीय बोर्डमा डिस्प्ले हुने व्यवस्थासहित सोही मापदण्डको दफा ७० (ञ) र (ट) लाई पालन गर्नुहुन मन्त्रालयको निर्णयअनुसार अनुरोध छ”, उल्लेख छ ।

मन्त्रालयले सबै अस्पताललाई विपन्न, अःसहाय तथा बेवारिसे बिरामीका लागि कुल १० प्रतिशत शय्या छुट्याउन पटक–पटक परिपत्र गर्दै आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर