रवि लामिछानेको निर्वाचन क्षेत्र प्रियता महिलालाई निःशुल्क बस सेवा

काठमाडौं । चितवन क्षेत्र नम्बर २ का सांसद रवि लामिछानेले आफ्नो निर्वाचन क्षेत्रका महिलाका लागि लक्षित गर्दै निःशुल्क बस सेवा सञ्चालनमा ल्याएका छन् ।

आफू निर्वाचित भएको सय दिन पुगेको अवसरमा आज बुधबार सांसद लामिछानेले निःशुल्क बस सेवा सञ्चालनमा ल्याएका हुन् । उनले भरतपुरको बाइपासस्थित पार्टीको सचिवालयबाट बस चढेर सेवा सुरुवात गरेका थिए । ब्लु बस नाम राखिएको बस निर्वाचन क्षेत्र नं. २ का विभिन्न रुटमा चल्नेछ । पहिलो चरणमा पाँच सय महिलालाई निःशुल्क यातायात कार्ड वितरण गरिने रवि लामिछानेको सचिवालयले जनाएको छ ।

बसभित्र महिलाका लागि आवश्यक पर्ने स्यानेटरी प्याडलगायतका सामग्रीसमेत व्यवस्था हुने लामिछानेले बताए । उनले बसमा गुनासो सुन्ने गरी रविलाई पत्र नामको बक्स समेत राखिने जानकारी दिए । बस विभिन्न स्रोत जुटाएर सञ्चालन गरिएका लामिछानेको भनाइ छ । उनले यो बस सेवा प्रभावकारी बनेमा थप बस समेत सञ्चालन गर्ने बताए । सांसद लामिछानेले बस सेवाका साथै आफ्नो निर्वाचन क्षेत्र लक्षित मोबाइल स्वास्थ्य क्लिनिक पनि सुरु गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर