“अन्तर्राष्ट्रिय र क्षेत्रीय राजनीतिमा ध्रुवीकरणका नयाँ प्रकृति पर्‍यो”

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालमा द्वन्द्वका नयाँ प्रकृतिहरू देखा परेको बताएका छन्।

राजधानीमा बुधबारबाट सुरु भएको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले पछिल्लो चरणमा अन्तर्राष्ट्रिय र क्षेत्रीय राजनीतिमा ध्रुवीकरणका नयाँ प्रकृति देखा परेको बताउँदै यसको जोखिममा नेपाल पनि रहेको बताए।

‘पछिल्लो चरणमा अन्तर्राष्ट्रिय र क्षेत्रीय राजनीतिमा ध्रूवीकरणका नयाँ प्रकृति देखा परेका छन्। युद्ध र द्वन्द्वका नयाँ प्रकृतिहरू देखा परेका छन्। नेपाल जस्तो भू–राजनीतिक संवेदनशीलता भएको देशमा त्यसको प्रभाव परिरहेको छ। आगामी दिनमा त्यसको प्रभाव पर्ने संकेत देखिएका छन्। राष्ट्रियता भौगोलिक अखण्डताको रक्षाका लागि बैठक यो दिशामा सफल हुनेछ,’ उनले भने।

यस्तै प्रधानमन्त्री प्रचण्डले पार्टीमा नेता कार्यकर्ताहरूको विशाल पंक्ति रहे पनि पार्टी, पार्टी जस्तो नभएको गुनासो गरे ।

‘बैठक बस्न विलम्ब हुन गएको छ। यसका लागि देशको राजनीतिक समीकरण र उतारचढावहरू पनि जिम्मेवार छन्। हाम्रा आन्तरिक तयारीलाई पूर्णता दिन विलम्ब हुनु पनि एउटा कारण रहेको छ। ढिलै भए पनि यो बैठकमा उपस्थित भएका छौं। अहिले देशको राजनीति जुन बिन्दुमा छ। र जनताले हाम्रो पार्टी र आन्दोलनबाट जे आशा अपेक्षा गरेका छन् पछिल्लो चरणमा हाम्रो पार्टीको नेतृत्वमा सरकार गठन भइसकेपछि सरकारले अगाडि सारेका कार्यक्रमहरू, लिएका कदमहरू र जोडिएका गतिविधिबाट जनतामा नयाँ आशा पलाएको छ। यो बैठकले जनतामा उत्पन्न भएको आशा र भरोशालाई संगठनमा केन्द्रित गर्नेछ। देशको राजनीतिमा देखा परेका विभिन्न विचार र प्रवृत्तिहरूका बारेमा र हाम्रो पार्टी भित्रै विगतका स्थितिको सिंहावलोकन र समीक्षा गर्दै आउने दिनमा एक्सन ओरियन्टेड भएर जाने आवश्यकता छ। मैले हाम्रो पार्टीमा नेता कार्यकर्ताहरूको विशाल पंक्ति त छ तर, पार्टी चाहिँ पार्टी जस्तो भइरहेको छैन। त्यसकारण कम्युनिष्ट पार्टी पुनर्निर्माणको अभियान हामीले यो बैठकबाट थाल्नुछ,’ उनले भने।

यस्तै उनले आफूहरूले नेतृत्व गरेको गठबन्धन सरकारले सकारात्मक र रचनात्मक रूपले नयाँ संकल्पका साथ अगाडि बढ्न पहल गरिरहेको समेत बताए।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर