टाईगर्स नाइट्ससँग पराजित, दीपेन्द्रको मध्यम प्रदर्शन

काठमाडौं । अलराउन्डर दीपेन्द्र सिंह ऐरी आबद्ध मोन्ट्रियल टाइगर्सले ग्लोबल टी-ट्वान्टी क्यानडामा समूह चरणको अन्तिम खेलमा भैंकूवर नाइट्ससँग पराजित भएको छ ।

बिहान सम्पन्न खेलमा नाइट्स ९ विकेटले विजयी भएको हो । टाईगर्सले दिएको १ सय रनको लक्ष्य नाइट्सले १४ दशमलब ५ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो ।

नाइट्सको जितमा मोहम्मद रिजवान ५४ बलमा १० चौका र १ छक्कासहित ६८ रनको अर्धशतकीय ईनिङ खेले ।

कोब्रिन बोस २९ बलमा ३ चौकासहित २८ रनमा अविजित रहे ।

टाइगर्सका लागि आन्द्रे रसेलले १ विकेट लिए । दीपेन्द्रले बलिङ गर्ने अवसर भने पाएनन् ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको टाइगर्स १८ दशमलब ३ ओभरमा ९९ रनमा अलआउट भएको थियो ।

टोलीका लागि ओपनर मोहम्मद वासिमले २४ बलमा सर्वाधिक २८ रन बनाए । सर्वाधिक दोस्रो रन बनाउनेक्रममा दीपेन्द्रले २७ बलमा ३ चौकासहित २४ रन बनाए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर