जनमत पार्टीको राष्ट्रिय परिषद् बैठक सुरु

काठमाडौं । जनमत पार्टीको राष्ट्रिय परिषद् बैठक केहीबेरअघि काठमाडौंमा सुरु भएको छ । डा. सिके राउतले नेतृत्वको सो पार्टीको राष्ट्रिय परिषद्को बैठक केही बेरअघि राजधानीको एक होटलमा सुरु भएको सो पार्टीका केन्द्रीय प्रवक्ता डा. शरदसिंह यादवले जानकारी दिए । उनका अनुसार आजको बैठकमा समसामयिक विषयमा प्रशिक्षण तथा छलफल हुने एजेन्डा तय गरिएको छ ।

यही साउन १८ गते बिहीबार केन्द्रीय समितिको बैठक बस्ने भएको छ भने १९ गते स्थानीय जनप्रतिनिधि पार्टी समन्वय बैठक आह्वान गरिएको छ । उक्त बैठकमा वडाध्यक्ष, नगरप्रमुख–उपप्रमुख, गाउँपालिका अध्यक्ष–उपाध्यक्षको सहभागिता रहने प्रवक्ता डा. यादवले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर