सर्रे प्लेअफमा, सन्दीप विकेट विहिन

काठमाडौं । नेपाली क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछाने आबद्ध सर्रे जगुआर्स ग्लोबल टी-ट्वान्टी क्यानडाको प्लेअफमा स्थान बनाएको छ ।

मंगलबार राती सपन्न खेलमा ब्रैम्प्टन वुल्भ्सलाई ६ विकेटले पराजित गर्दै सर्रे एक खेल अगावै प्लेअफमा स्थान बनाउँन सफल भएको हो । तर, यस खेलमा नेपालका स्पिनर लामिछाने भने विकेट विहिन रहन पुगेका थिए ।

ब्रैम्प्टनले दिएको १ सय २९ रनको लक्ष्य सर्रेले १८ दशमलब ४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो ।

सर्रेको जितमा लिन्टन दासले ४५ बलमा ५९ रनको अर्धशतकीय ईनिङ खेले । कप्तान ईफ्तिखार अहमदले अविजित ३८ रन बनाए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको ब्रैम्प्टनले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय २८ रन बनाएको थियो ।

उसका लागि कोलिन डि ग्रान्डहोमले ३४ बलमा ३ चौकासहित सर्वाधिक ३४ रन बनाए ।

सन्दीपले ३ ओभरमा २५ रन खर्चिदा विकेट लिन सकेनन् । सन्दीप यस सिजनमा वर्षाले प्रभावित नभएको खेलमा पहिलो पटक विकेट विहीन बनेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर