लम्पी स्किन रोगलाई महामारी घोषणा गर्न माग

काठमाडाैं। मुलुकभर पशुमा फैलिएको लम्पी स्किन रोगलाई महामारी घोषणा गरि रोकथाम नियन्त्रणका साथ उचित उपचारको व्यवस्था गर्नुपर्ने भन्दै नेकपा एमाले काठमाडौं महानगर कमिटीले काठमाडौंमा प्रदर्शन गरेको छ।

लम्पी स्किन रोगका कारण हजारौ पशुको मृत्यु भएको र लाखौं पशुहरु प्रभावित हुँदा पनि रोकथामको कुनै उपाय नअपनाएको भन्दै एमाले महानगर कमिटीले बुधबार काठमाडौंको माइतीघरमा प्रदर्शन गरेको हो। महानगर कमिटीले किसानलाई तत्काल बीमा उपलव्ध गराउनुपर्ने, क्षतिपूर्ति, राहत र सहुलियत कर्जा उपलव्ध गराउनुपर्ने माग गरेको छ।

त्यस्तै छिटो भन्दा छिटो किसानका गोठगोठमा उपचार सेवा उपलव्ध गराउनुपर्ने अखिल नेपाल किसान महासंघका अध्यक्ष प्रेम दंगालले बताए। उहाले मुलुकभरका १० लाख पशु प्रभावित भएको अवस्थामा लम्पी स्किनलाई नियन्त्रणमा लिन सरकारले कुनै पहल नगरेको उल्लेख गरे।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर