माओवादी केन्द्र केन्द्रीय कमिटीको बैठकको प्रत्यक्ष प्रसारण नगरिने

काठमाडौं । नेकपा माओवादी केन्द्रले केन्द्रीय कमिटीको बैठक प्रत्यक्ष प्रसारण नगर्ने भएको छ । माओवादी केन्द्रीय कमिटीको बैठक बुधवार दिउँसो १ बजेदेखि प्रज्ञा भवनमा बस्दैछ । आजै पार्टी केन्द्रीय कार्यालयमा बसेको स्थायी कमिटीको बैठकले केन्द्रीय कमिटीको बैठक प्रत्यक्ष नगर्ने निर्णय गरेको हो ।

केही दिनअघि पदाधिकारीको बैठकले बैठक प्रत्यक्ष प्रसारण गर्ने निर्णय गरेको भए पनि स्थायी कमिटीको बैठकले सो निर्णय उल्ट्याएको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै पार्टी उपाध्यक्ष तथा प्रवक्ता कृष्णबहादुर महराले बैठक प्रत्यक्ष प्रसारण नहुने जानकारी दिए । त्यस्तै, बैठकले केन्द्रीय कमिटी निर्माणमा विधानविपरीत कामहरु भएको भन्दै आजै विधान संशोधन गरेर भोलि केन्द्रीय कमिटी सदस्य थप्ने निर्णय गरेको पनि बताए ।

प्रवक्ता महराले भने ‘‘अस्ति पदाधिकारीको बैठकमा लाइभ गर्ने भन्ने थियो । स्थायी कमिटीमा नगर्ने भन्ने निर्णयमा पुग्यौँ । केन्द्रीय कमिटी निर्माणमा केही विधान विपरित काम भएका छन् । त्यसकारणले विधान आज संशोधन गरेर भोलिदेखि थप केही विशेष गरेर महिला, समावेशी, युवा, छुटेका सिनियर साथीहरुलाई ल्याउने कुरा भएको छ । को ल्याउने कुरा भएको छैन कि विधान संशोधन हुन्छ ।’’

आजको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक प्रतिवेदन पेस गर्ने र केही नेताहरुले बोल्ने उनले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर