नेउवासंघमा वरिष्ठ उपाध्यक्ष पदका लागि दोस्रो चरणको मतदान हुँदै

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको बुधबार सम्पन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदका तीन जना प्रत्याशीले पचास प्रतिशत मत कटाउन नसक्दा पुनः मतदान हुने भएको छ । वरिष्ठ उपाध्यक्षमा रामचन्द्र संघई, उमेशलाल श्रेष्ठ र अञ्जन श्रेष्ठ तीनजना प्रतिस्पर्धी रहेका छन् । तर पहिलो चरणको निर्वाचनबाट रामचन्द्र संघई बाहिरिएको छ । दोस्रो चरणमा उमेशलाल श्रेष्ठ र अञ्जन श्रेष्ठबीच प्रतिस्पर्धा हुनेछ ।

जिल्ला नगर, वस्तुगत र एसोसिएटमा खसेको कुल मतभारमध्ये अञ्जन श्रेष्ठले सबैभन्दा धेरै ३७ दशमलव ९९ प्रतिशत मत प्राप्त गरेको छ भने उमेशलाल श्रेष्ठले ३१ दशमलव ५१ मत प्राप्त गरेका छन् । साथै रामचन्द्र संघईले ३० दशमलव ४६ मत प्राप्त गरे ।

महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्षमा निर्वाचन हुनका लागि कम्तीमा ५० प्रतिशत मत प्राप्त गर्नुपर्छ । महासंघको विधानअनुसार हालका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल आगामी कार्यकालका लागि स्वतः अध्यक्ष हुनेछ ।

मतपरिणाम अनुसार एसोसिएटतर्फ कुल खसेको एक हजार ६ सय २० मतमध्ये संघईले ६ सय १३ मत, अञ्जन श्रेष्ठले ५ सय ७३ मत र उमेशलाल श्रेष्ठले ४ सय २६ मत प्राप्त गरेका थिए ।

मुख्य निर्वाचन अधिकृत लीलामणि पौडेलका अनुसार वरिष्ठ उपाध्यक्षका लागि बिहीबार (आज) दिउँसो २ बजेदेखि ५ बजेसम्म

निर्वाचन हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर