अब ग्यास प्रतिसिलिन्डर १६६० रुपैयाँ

काठमाडौँ । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको मूल्य ह्वात्तै घटाएको छ । मंगलबार राती १२ बजेदेखि लागू हुने गरेर निगमले एलपी ग्यासको मूल्य प्रति सिलिन्डर १३० रुपैयाँले घटाएको हो ।

निगमले पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू गरेपछि एलली ग्यासमा नाफा नखाने नीति लिएको छ । अन्य पेट्रोलियम पदार्थमा नाफा लिने भएपनी एलपी ग्यासमा नाफा नलिने नीति लिएको प्रबन्ध निर्देशक उमेशप्रसाद थानीले बताए ।

यससँगै अब एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १६६० रुपैयाँ पर्ने भएको छ । यसअघि एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १७९० रुपैयाँ थियो ।

CamScanner-08-01-2023-21.09_page-0001


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर