नेप्सेमा २८.५९ अंकको गिरावट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको तेस्रो दिन आज मंगलबार दोहोरो अंकले घटेर बन्द भएको छ । आज नेप्से २६.५९ अंकले घटेर दुई हजार ७७ दशमलब ५८ विन्दुमा बन्द भएको हो ।

त्यस्तै, आज एक अर्ब ९२ करोड ४४ लाख बराबरको कारोबार भएको छ । आज कारोबार भएका १७ कम्पनीको शेयरमूल्य बढेको छ भने १९६ कम्पनीकोे शेयरमूल्य घटेको छ । तीन वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

आज सबैभन्दा बढी किसान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य आज ६ प्रतिशत भन्दा बढीले घटेको छ । नेप्सेका अनुसार कारोबारको आधारमा आज सबैभन्दा बढी अपर तामाबोशी हाइड्रोपावरको भएको छ । यस कम्पनीको आज ८ करोड ७२ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर