एमालेको अडानपछि प्रतिनिधिसभाको बैठक स्थगित

काठमाडौं । प्रतिनिधिसभाको कार्यव्यवस्थाको समितिको बैठकमा सय किलो सुन तस्करी प्रकरणमा कम्तीमा गृहमन्त्रीको जवाफ सुन्न तयार भएको प्रमुख प्रतिपक्षी एमाले आफ्ना पुरानै अडानमा रहेको जनाएपछि प्रतिनिधिसभाको बैठक साउन २२ गतेका लागि सारिएको छ ।
प्रतिनिधिसभाको बैठक आज मंगलबार दिउँसो १ बजे बस्ने तय भएको थियो। बैठक बस्दै नबसी सूचना टाँसेर स्थगित भएको छ। संघीय संसद सचिवालयले मंगलबार एक सूचना जारी गरी प्रतिनिधिसभा बैठक २२ साउनको दिउँसो १ बजेका लागि तोकिएको छ । यसअघि एमाले संसदीय दलका सचेतक महेश बर्तौलाले भनेका थिए ‘आज गृहमन्त्रीको जवाफ सुन्छौँ। सरकारले उच्चस्तरीय समिति गठन गर्छु भन्यो भने सदन चल्छ नभए चल्दैन ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर