टी-ट्वान्टी विश्वकप एशिया छनोट लागि २४ खेलाडी छनोट

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले महिला टी-ट्वान्टी विश्वकपको एशिया छनोटको क्याम्पका लागि २४ खेलाडी छनोट गरेको छ ।

नेपाल क्रिकेट संघ(क्यान) ले मंगलबार महिला टिमकी कप्तान रुबिना क्षेत्रीसहित २४ खेलाडी छानेर क्याम्पका लागि बोलाएको हो ।

विश्वकपको एशिया छनोट आगामी अगस्त २८ देखि सेप्टेम्बर ६ सम्म मलेसियामा हुने छ ।

एशिया छनौटमा १२ देशले भाग लिदै छन् । जसमा नेपाल समुह ए मा रहेको छ । समुह ए मा नेपालसहित बहराइन भुटान, मलेसिया, कतार र युएई रहेका छन् । त्यस्तै समुह बी मा चीन, हङकङ, कुवेत, म्यान्मार र थाइल्याण्ड रहेका छन् ।

दुवै समुहबाट शिर्ष दुई टिम सेमिफाइनलमा पुग्ने छन् भने फाइनल पुग्ने दुई देश विश्वकपका लागि छनोट हुने छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर