राप्रपाको गुरु मन्त्र : “कोशीमा कांग्रेस र एमाले मिले हुन्छ”

काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र प्रसाद लिङ्देनले कोशी प्रेदशमा कांग्रेस र एमाले मिलेर सरकार चलाउन सुभाव दिएका छन्। सरकारविहीन अवस्थामा रहेको सो प्रदेशमा मंगलबार साँझसम्म मुख्यमन्त्रीमा दाबी गर्नु पर्ने छ। सोही विषयलाई लिएर अध्यक्ष लिङ्देनले मंगलबार बिहान विराटनगरमा पत्रकारहरु समक्ष उक्त सुझाव दिएका हुन्।
‘सरकार निर्माणको प्रक्रिया र धाराहरुमा राष्ट्रिय प्रजातन्त्र पार्टीलाई कुनै चासो छैन। कांग्रेस र एमाले मिलेर सरकार चलाउन भन्ने हाम्रो सुझाव हो’, सँगै बसेका एमाले कोशीका संसदीय दलका नेता हिक्मत कार्कीतिर हेर्दै लिङ्देनले भने।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर