पुल निर्माणका क्रममा गर्डर मेसिन माथिबाट खस्दा कम्तिमा डेढ दर्जन कामदारको मृत्यु

काठमाडौं । भारतको महाराष्ट्रमा सडकको पुल निर्माणका क्रममा गर्डर मेसिन माथिबाट खस्दा कम्तिमा डेढ दर्जन कामदारको मृत्यु भएको छ ।

महाराष्ट्रको ठाणे जिल्लास्थित समरुद्धि महामार्ग नामक द्रूतमार्गको पुल निर्माणका लागि गह्रौं खालका सामग्रीहरु माथि पु¥याउने क्रममा सय फिट माथिबाट मसिन खसेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

घटनास्थलबाट १७ वटा शव निकालिएको छ भने भग्नावशेषमा च्यापिएकाहरुको उद्धार कार्य जारी रहेको छ । मंगलबार बिहान भएको उक्त घटनामा थुप्रै कामदार घाइते भएको र घाइतेहरुको अवस्था गम्भीर रहेकाले ज्यान गुमाउनेहरुको संख्या बढ्न सक्ने समाचारमा उललेख छ ।

शिव सेनाका संस्थापक बालसाहेब ठाकरेको नाममा बनाइदै गरेको समरुद्धि महामार्ग मुम्बइदेखि नागपुर जोड्ने सात सय एक किलोमिटर लामो रहेको छ । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर