सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । आज सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १३ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख १२ हजार ४५० रुपैयाँ निर्धारण भएको छ ।

सोमबार छापावाल सुन प्रतितोला १ लाख १२ हजार ६०० रुपैयाँ र तेजावी सुन १ लाख १२ हजार ५० रुपैयाँ रहेको थियो ।

यता, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा २५ रुपैयाँले बढेर प्रतितोला १४ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदीको भाउ प्रतितोला १४ सय ५० रुपैयाँ रहेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर