सन्दीप आबद्ध सर्रे वुल्भ्ससँग खेल्दै

काठमाडौं । ग्लोबल टी-ट्वान्टी क्यानडामा नेपालका स्पिनर सन्दीप लामिछाने आबद्ध सर्रे जगुआर्सको छैटौं खेल आज मंगलबार रहेको छ ।

सन्दीप आबद्ध सर्रे जगुआर्सले आफ्नो छैटौं खेलमा ब्रैम्प्टन वुल्भ्ससँग खेल्दैछ ।

जगुआर्सले वुल्भ्ससँग नेपाली समय अनुसार मंगलबार बेलुका पौने ९ मा खेल्नेछ ।

छैटौं खेल खेल्दै गरेको जगुआर्स तेस्रो जित निकाल्न चाहन्छ ।

पहिलो खेलमा सर्रे मोन्ट्रियल टाईगर्ससँग पराजित भएको थियो । सोमबार बिहान भएको दोस्रो खेल बर्षाका कारण रद्द भएको थियो । तेस्रो खेलमा टोरन्टो नेशनललाई पराजित गरेको थियो ।

चौथो खेलमा मिसिसागा प्यानथर्सलाई पराजित गरेको थियो । पाँचौ खेल वर्षाका कारण टस समेत नभ

समूह चरणको अन्तिम खेल्दै गरेको वुल्भ्स सातौं खेलका चौथो जित दर्ता गर्न चाहन्छ ।

सन्दीप आबद्ध जगुआर्समा लिन्टन दास, एलेक्स हेल्स, मोहम्मद हरिस, ईफ्तिखार अहमद लगायतका खेलाडी रहेका छन्।

प्रतियोगितामा ६ टोलीको सहभागीता रहेको छ । प्रतियोगिताको फाइनल खेल अगस्ट ६ मा हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर