कोशीमा कामचलाउ सरकार सर्वोच्चको पूर्णपाठपछि : खापुङ

काठमाडौं । कोशी प्रदेश प्रमुख परशुराम खापुङले सर्वोच्च अदालतले प्रदेश सरकारका समबन्धमा अघिल्लो बुधबार गरेको फैसलाको पूर्णपाठ आएपछि काम चलाउ सरकारबारे विचार गर्न सकिने बताएका छन्। एमाले कोशी प्रदेश संसदीय दलका उपनेता राम रानासहितका सांसदहरुले प्रदेश प्रमुख खापुङलाई सोमबार भेट्न जाँदा खापुङले उपरोक्त जवाफ दिएको एमालेका एक नेताले बताए ।

एमाले सांसदहरुले संविधानले नै परिकल्पना नगरेको सरकारविहीनताको अवस्था कसरी आयो ? भनेर सोधेको प्रश्नको जवाफमा खापुङको ठोस उत्तर थिएन । तर उनले कामचलाउ सरकारलाई लिएर भइरहेको विवादमा भने सर्वोच्च अदालतको फैसालको पूर्णपाठ नआएसम्म आफूले केही निर्णय गर्न नसक्ने जवाफ दिएको एमाले नेताहरूको भनाइ रहेको छ।

एमालेका सांसदहरूसँगको छलफलपछि जवाफ दिँदै प्रदेश प्रमुख खापुङले सर्वोच्च अदालतले जे–जसो भने पनि पूर्णपाठ नआउँदासम्म कामचलाउ सरकारबारे आफूले केही गर्न नसक्ने बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर