प्राथमिक तह शिक्षक पदको विषयगत परीक्षा असोज १३ गते हुने

काठमाडौं । शिक्षक सेवा आयोगले प्राथमिक तह शिक्षक पदको विषयगत परीक्षा आगामी असोज १३ गतेलाई सारेको छ । यसअघि आयोगले असोज ६ गतेका लागि परीक्षा तोकिएको थियो ।

आयोगले सोमबार सूचना प्रकाशित गरी लोकसेवा आयोगले लिने खरिदार पदको परीक्षासँग जुध्न गएकाले असोज १३ गतेलाई सारिएको जानकारी दिएको छ । परीक्षा हुने समय र स्थान भने परिवर्तन गरिएको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर