सेयरबजारमा सामान्य अंक वृद्धि

काठमाडौं । सेयरबजार सामान्य अंकले बढेको छ। आज सोमबार सेयरबजार ५।८४ अंकले बढेर २१०६।१८ विन्दुमा पुगेको हो। बजार सामान्य अंकले बढेपनि कारोबार भने खुम्चिएको छ। आज बजारमा १ अर्ब ८५ करोडको कारोबार भएको छ। अघिल्लो कारोबार दिन बजारमा २ अर्ब ४३ करोडको कारोबार भएको थियो।

आज १३ उपसमुहमध्ये १० सुचक वृद्धि हुँदा तीनमा गिरावट आएको छ। हाइड्रोपावर, लघुवित्त र म्युचल फण्डमा भने गिरावट देखिएको छ। त्यसैगरी अन्य १० उपसमूहमा बढेको छ। आज ट्रेडिङ उपसमूह सबैभन्दा बढी १।९७ अंकले बढेको छ। आज बलेफि हाइड्रोपावर कम्पनीको सर्वाधिक ५।७९ प्रतिशतले सेयरमूल्य बढेको छ। त्यसैगरी शिवम सिमेन्टको सर्वाधिक ८ करोड ८ लाख रुपैयाँको कारोबार भएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर