पुरनको विष्फोटक शतकसँगै एमआई न्यूयोर्कलाई मेजर लिग क्रिकेटको उपाधि

काठमाडौं । कप्तान निकोलस पुरनको विष्फोटक शतकसँगै एमआई न्यूयोर्कले मेजर लिग क्रिकेटको उपाधि जितेको छ ।

सोमबार बिहान भएको फाइनलमा न्यूयोर्कले सिएटल ओर्कासलाई ७ विकेटले हराउँदै उपाधि जितेको हो ।

ओर्कासले दिएको १ सय ८४ रनको लक्ष्य न्यूयोर्कले १६ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो ।

न्यूयोर्कको जितमा कप्तान निकोलस पुरनले ५५ बलमा १० चौका र १३ छक्कासहित १ सय ३७ रनको शतकीय ईनिङ खेले । पुरनले ४० बलमा शतक पूरा गरेका थिए ।

डेवाल ब्रेभिस २० रनमा आउट हुँदा टिम डेविड १० रनमा अविजित रहे ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको ओर्कासले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ८३ रन बनाएको थियो ।

ओपनर क्विन्टन डि ककले ५२ बलमा ९ चौका र ४ छक्कासहित ८७ रनको इनिङ खेलेपनि टोलीलाई जिताउन सकेनन् । अन्य कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।

न्यूयोर्कका लागि राशिद खान र ट्रेन्ट बोल्डले समान ३/३ विकेट लिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर