मेस्सीसँगै सन्यास लिने सुआरेजले

काठमाडौं । उरुग्वेका अन्तराष्ट्रिय स्टार लुइस सुआरेजले आफु र लियोनल मेस्सीको एकसाथ फुटबलबाट सन्यास लिने इच्छा रहेको खुलाएका छन् । अमेरिकी क्लब इन्टर मियामी जान असफल रहेका सुआरेजले दुवैको सन्यास लिने इच्छाबारे खुलाएका हुन् ।

इन्टर मियामीले सात पटकका वालेन डी ओर विजेता मेस्सीलाई अनुबन्धन गरिसकेपछि मेस्सीका पूर्व सहकर्मी सर्जियो बुस्केट र जोर्डी अल्बालाई समेत क्लबमा अनुबन्धन गरेको छ । मियामीले मेस्सीसँगै बार्सिलोनामा चम्किएका खेलाडी सुआरेजलाई समेत अनुबन्धन गर्न चाहेको थियो । तर सुआरेजको स्थानान्तरण सफल हुन सकेन । सुआरेज खेल्ने उरुग्वेको क्लब ग्रेमियोले मियामीसँग छलफलनै बन्द गरिदिएको छ । तर मेस्सी र सुआरेज पुन एक साथ खेल्न सक्ने धेरैको अनुमान छ ।

‘हामीले सँगै सन्यास लिने सपना देखेका छौं ।’ उरुग्वेका अन्तराष्ट्रिय स्टारले एक अन्तरवार्तामा भने ।

‘यो यस्तो योजना थियो, जसको हामीले बार्सिलोनामा रहदा बनाएका थियौं । त्यसको एक वर्षपछि एट्लेटिको गए । अर्को वर्ष मेस्सी पीएसजी गए । हामीले यो सपना देखेका थियौं । र यसको बारेमा कुरा गरेका थियौं । बार्सिलोनापछि हामी यूएस जाने छौं । तर त्यो समय भएन । उनले कहाँ जाने निर्णय लिए, तपाई देख्न सक्नुहुन्छ । उनी खुसी देखिएका छन् । र मलाई लाग्छ, यो सपना पुरा हुनेछ ।’ उनले भने ।

सुआरेजको वर्तमान अवस्थालाई देख्दा, उनी लामो समय खेल्छन् जस्तो देखिदैन । दुवैको एक साथ सन्यास लिने सपना पुरा नहुन सक्छ । तर अन्तिम पटक दुवै खेलाडीलाई एक पटक सँगै खेलेको हेर्ने समर्थकको इच्छा भने पुरा हुन सक्नेछ ।
एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर