ऐरी आबद्ध मोन्ट्रियल टाइगर्सले टोरोन्टो नेशनललाई हराउँदै शीर्ष स्थानमा

काठमाडौं । नेपाली क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी आबद्ध रहेको मोन्ट्रियल टाइगर्सले ग्लोबल टी-ट्वान्टी क्यानडामा टोरोन्टो नेशनललाई हराउँदै शीर्ष स्थानमा उक्लिएको छ ।

ओन्टारियोमा भएको खेलमा नेशनल डीएल पद्धतिको आधारमा २३ रनले पराजित भएको हो । वर्षाको कारण खेल प्रभावित हुँदै ६–६ ओभरको मात्रै भएको थियो ।

दीपेन्द्रले प्लेइङ-११ मा स्थान बनाए पनि बलिङ र ब्याटिङ दुबै गर्ने अवसर पाएनन् ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको टाईगर्सले निर्धारित ६ ओभरमा २ विकेट गुमाउँदै ७७ रन बनायो ।

टाईगर्सका लागि ओपनर तथा कप्तान क्रिस लिनले १८ बलमा २ चौका र ३ छक्कासहित ३८ रनमा अविजित रहे । अर्का ओपनर मोहम्मद वासिमले १३ बलमा १ चौका र २ छक्कासहित २४ रन बनाएका थिए ।

टाईगर्सले दिएको ७८ रनको लक्ष्य पछ्याएको टोरोन्टोले ६ ओभरमा २ विकेट गुमाउँदै ५४ रन बनायो ।

जेजे स्मितले १६ रन बनाउँदा ड्यारेन ब्राभो १५ रन बनाए ।

टाईगर्स ६ खेलमा ४ मा जित र १ मा हारसहित ९ अंकका साथ शीर्ष स्थानमा छ । प्लेअफमा पनि स्थान बनाएको छ ।

टोरोन्टो भने ६ खेलमा २ जितका साथ चौथो स्थानमा रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर