कोशी प्रदेश सरकारविहीनताको अवस्थामा

काठमाडौं । सर्वोच्च अदालतले मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गरिदिएपछि कोशी प्रदेश सरकारविहीनताको अवस्थामा रहेको छ । अवैधानिक रहेको ठहर गर्दै नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता थापाको नियुक्तिलाई यही साउन ११ गते बिहीबार बदर गरेपनि सर्वोच्चले कामचलाउ सरकारका विषयमा भने स्पष्ट बोलेको देखिँदैन ।

तर, नियुक्ति नै असंवैधानिक रहेको भनिएपछि थापा कामचलाउ मुख्यमन्त्री हुनसक्ने अवस्था नरहेको कानुनका विज्ञहरु बताउँछन् । त्यसो हुँदा त्यसअघिका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको नेतृत्वमा कामचलाउ सरकार रहनुपर्ने हुन्छ ।

तर,हाल कोसी प्रदेशमा सरकार शून्यताको अवस्था छ । प्रदेश प्रमुख पर्शुराम खापुङले आगामी १६ गते अपरान्ह ५ बजेसम्मको समयसीमा दिएर संविधानको धारा १६८ (२) बमोजिम नयाँ सरकार गठनको आह्वान गरिसकेका छन् । उनले पनि कामचलाउ सरकारका विषयमा स्पष्ट नपारिकन नयाँ सरकार गठनको आह्वान गरेका हुन् । तर आइतबारसम्ममा कुनैपनि राजनीतिक दलले मुख्यमन्त्रीमा दावी पेश गर्न सकेको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर