युक्रेनसँग शान्ति वार्ता गर्न रुस इच्छुक

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमर पुटिनले युक्रेनसँग शान्ति वार्ता गर्न आफू तयार रहेको बताएका छन्।

रुसस्थित सेन्ट पिटर्सवर्गमा अफ्रिकन नेताहरूसँगको छलफलपछि उनले आफूले कहिल्यै शान्ति वार्ता अस्वीकार नगरेको बताए। अफ्रिका र चीनको पहलअनुसार युक्रेनसँग शान्तिका लागि वार्ता गर्न सकिने उनको भनाइ थियो।

युक्रेनी सेनाले आक्रमण गरिरहेको बताउँदै उनले यस्तो बेला युद्धविराम कार्यान्वयन गर्न कठिन रहेको पनि बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर