रास्वपाको संसदीय दलको बैठक भोलि बस्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको बैठक भोलि (सोमबार) बस्ने भएको छ । संसदीय दलको कार्यालय सिंहदरबारमा भोलि बिहान ११ बजे बैठक बस्ने सचेतक निशा डाँगीले जानकारी दिइन्। बैठकमा यसअघि (साउन ९ गते बसेको बैठककै) विषयहरूमा छलफल हुने उनले बताइन्।

संसदमा सांसदहरूको भूमिका कसरी प्रभावकारी बनाउने, विधेयकमाथि छलफल र पार्टी कामको व्यवस्थापन मुख्य कार्यसूची रहेको बताइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर