ब्रोडद्वारा सन्यास घोषणा

काठमाडौं ।  इंग्ल्याण्डका तीव्र गतिका बलर स्टुअर्ट ब्रोडले जारी एशेज सिरिजको पाँचौं टेस्ट पछि आफ्नो खेलाडी करियरबाट सन्यास लिने बताएका छन् ।

ब्रोडले ओभलमा जारी पाँचौ तथा अन्तिम टेस्टको दोस्रो दिन शुक्रबार राति आफ्नो निर्णय निर्णय गरेका थिए ।

गत साता ओल्ड ट्राफोर्डमा भएको चौथो टेस्टमा ६०० टेस्ट विकेट लिएका थिए । ब्रोड टेस्ट इतिहासमा पाँचौं सर्वाधिक विकेट लिने बलरका रुपमा बाहिरिनेछन् ।

तीव्र गतिका बलरमा उनी टेस्टमा विश्वकै दोस्रो सर्वाधिक विकेट लिने बलर हुन् । उनी अघि तीव्र गतिका बलरमा सर्वाधिक विकेट जेम्श एन्डरसनले ६ सय ९० विकेट लिएका छन् ।

उनले टेस्ट क्रिकेटमा ३ हजार ६ सय ५६ रन समेत बनाएका छन् ।

सन् २००९ पछि उनले हरेक घरेलु एशेज टेस्ट खेलेका छन् । र, ती २५ टेस्टमा २६ दशमलब ५६ को औसतमा १ सय ४ विकेट लिएका छन् ।

ब्रोडले २००६ मा कार्डिफमा पाकिस्तानविरुद्ध टी-ट्वान्टी अन्तर्राष्ट्रियमा इङ्ल्यान्डमा डेब्यु गरेका थिए । २००७ मा उनले कोलम्बोको एसएससीमा श्रीलङ्काविरुद्ध टेस्ट डेब्यु गरेका थिए । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर