युनाईटेड डेनमार्कका फरवार्ड रासमस होजलुन्डलाई अनुबन्धन गर्न सहमत

काठमाडौं । म्यानचेस्टर युनाईटेडले डेनमार्कका फरवार्ड रासमस होजलुन्डलाई अनुबन्धन गर्न सहमत भएको छ ।

युनाईटेडले डेनमार्कका फरवार्डलाई सिरि ए क्लब एटलान्टाबाट ७२ मिलियन पाउण्डमा किन्न सहमत बनेको हो ।

होजलुन्ड सन् २०२२ को अगष्टमा एटलान्टा गएका थिए । गत सिजन उनले ३४ खेलमा १० गोल गरेका थिए ।

उनको युनाईटेडसँगको सम्झौता ५ वर्षको रहनेछ । जसमा सिजन थप्न सकिने विकल्प समेत रहेको छ ।

होजलुन्ड युनाईटेड प्रशिक्षक इरिक टेन हगको यस समर ट्रान्सफरमा क्लबमा ल्याएका तेस्रो खेलाडी हुन् । उनले यसअघि चेल्सी मिडफिल्डर मासन माउन्टलाई ५५ मिलियन पाउण्ड र इन्टर मिलान गोलकिपर आन्द्रे ओनानालाई ४७ मिलियन पाउण्डमा अनुबन्धन गरेका थिए ।

युनाईटेडले सुरुआतमा होजलुन्डलाई सुरुआतमा ६० मिलियन पाउण्डको प्रस्ताव गरेको थियो । फरवार्ड पोजिसनमा टेन हगको रुपमा रोजाईनै होजलुन्ड रहदै आएका थिए ।

युनाईटेडले टोटेनहमका फरवार्ड ह्यारी केन अनुबन्धनमा समेत चासो देखाएको थियो । तर इङ्ल्याण्डका कप्तान महङ्गो पर्ने र सरुवा पुरा गर्न पनि गाह्रो पर्ने भएकाले सो दौडबाट क्लब पछि हटेको थियो । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर