ऐतिहासिक इतुंबाहाः संग्रहालयमा परिणत

काठमाडौं । काठमाडौं उपत्यकाका ऐतिहासिक इतुंबाहाः अर्थात् “भाष्करदेव संस्कारित केशचन्द्रकृत पारावत् महाविहार” संग्रालयमा परिणत भएको छ । यस महाविहारमा नेवार बौद्ध धर्मालम्बीहरुसँग सम्बन्धित इतिहास, संस्कृति, रहनसहन, महायान, वज्रयान बौद्धहरुको जीवनशैली, संस्कारसम्बन्धी क्रियाकलापहरु नियमित रुपमा सञ्चालन हुनेगर्छ ।

मूर्त–अमूर्त सम्पदाले पनि केशचन्द्र पारावत् महाविहार समृद्ध छ । त्यसैले प्राचीन इतिहास बोकेको इतुंबाहाः आफैमा सिङगो संग्राहालय हो । यस पुरातात्विक महत्व बोकेको इतुंबाहाःमा शनिबार इतुंबाहा म्युजियमको उद्घाटन भएको छ। केशचन्द्रकृत पारावत् महाविहार संरक्षण समाजले यसलाई नेपालको पहिलो विहार संग्रहालय भएको दावी गरेको छ ।

इतुंबाहाः म्युजियममा तीन ग्यालरीमा एक सयभन्दा बढी ऐतिहासिक सामग्री प्रदर्शनमा राखिएको छ । नष्ट हुने अवस्थामा भण्डारणमा रहेका यी पुरातात्विक महत्वको सामग्री संग्रहगरी सकेसम्म पहिलेको अवस्थामा ल्याएर अभिलेखीकरण गरिएको छ । केशचन्द्रकृत पारावत् महाविहार संरक्षण समाजका अध्यक्ष प्रज्ञारत्न शाक्यले पाँच सयभन्दा बढी पुरातात्विक सामग्री पहिचान भए पनि हाललाई करिब एक सय पुरातात्विक सामग्री मात्र प्रदर्शनमा राखेको जानकारी दिए ।

रुवेनसँगको सहकार्य

इतुंबाहाः म्युजियम स्थापनाका लागि अमेरिकाको न्युयोर्कस्थित रुविन म्युजियम आर्टले यस समाजसँग सहकार्य गरेको छ । यसैगरी, इतुंबाहा समाजले गरेको यस म्युजियमको परिकल्पना लुम्बिनी बौद्ध विश्वविद्यालयको म्युजिलियोजी एन्ड बुद्धिस्ट कलेक्सन प्रोग्रामसँगको साथले पनि साकार भएको हो ।

सन् १९९९ मा इतुम्बहाको आँगघरबाट हराएको पुष्पमालाले सुसज्जित अप्सरा (विद्याधर) अमेरिका पुगेको थियो । सन् २००३ मा रुवेन म्युजियमको सङ्ग्रहमा विद्याधर पनि थपियो । त्यसपछि रुविनले सामाजिक दायित्वअनुरुप इतुंबाहाः संरक्षण समाजसँग सिर्जनात्मक साझेदारी गरेको हो । इतुंबाहाः म्युजियम तयार पार्न नेतृत्वदायी भूमिका निर्वाक गर्नुभएकी लुम्बिनी बौद्ध विश्वविद्यालयका लेक्चरर तथा म्युजियम क्युरेटर स्वस्ति राजभण्डारीले इतुंबाहाः समाजको आप्mनो मूर्तअमूर्त सम्पदा संरक्षण गर्ने प्रयास प्रशंसनीय छ, भन्नुभयो ।

यसअघि, इतुंबहा म्युजियमको उद्घाटन बागमती प्रदेश सांसद शैलेन्द्रमान बज्राचार्यले गरेका थिए । उनले इतुंबाहाः म्युजियमलाई आफूले एक बौद्ध शिक्षा प्राप्त गर्न सकिने एउटा मञ्चको रुपमा हेरेको बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर