रास्वपाद्वारा ढाकाकुमारको ठाउँमा विन्दवासिनी कंसाकारलाई पठाउने निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक सांसद डा. ढाकाकुमार श्रेष्ठलाई दुई करोड घुस अडियो प्रकरणमा सांसद पदबाट हटाउने निर्णय गरेलगत्तै उनको ठाउँमा विन्दवासिनी कंसाकारलाई सिफारिश गर्ने निर्णय गरेको छ ।रास्वपाको बसधबार बसेको केन्द्रीय समितिको निर्णय सार्वजनिक गदैृ पार्टीका सभापति रवि लामिछानेले उक्त जानकारी दिएका हुन् ।

सभापति लामिछानेले पार्टीको अनुशासन तथा आचरण समितिको सिफारिस एवं पार्टी विधानविपरीत काम गरेको भन्दै कारबाही गरेर उनको स्थानमा कंशाकारको नाम सिफारिश गरिएको बताएका हुन् । सांसद श्रेष्ठले विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड मागेको अडियो सार्वजनिक भएपछि पार्टीले उनी अनुसन्धान थालेको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर