ह्यारी मागुइरीमाथि २० मिलियन पाउण्डको प्रस्ताव अस्विकार

काठमाडौं । म्यानचेस्टर युनाइटेडले ह्यारी मागुइरीमाथि वेस्ट ह्यामले राखेको २० मिलियन पाउण्डको प्रस्ताव अस्विकार गरेको छ ।

वेस्ट ह्यामका प्रशिक्षक डेभिड मोइसले मिडफिल्डर डेक्लान राइसलाई सय मिलियन पाउण्डमा बेचेपछि इङ्ल्याण्डका डिफेन्डर अनुबन्धन गर्न चाहन्छन् ।

युनाईटेडका प्रशिक्षक इरिक टेन हगले गत महिना कप्तानको जिम्मेवारी खोसेपछि मागुइरीको भविष्य अनिश्चित बनेको छ । डच प्रशिक्षकले आफ्नो फर्मलाई फिर्ता ल्याउन आफ्नो निर्णयले सहयोग पुग्ने धारणा राखेका थिए । युनाईटेड सहि मुल्य पाएमा मागुइरी बेच्न तयार छ, तर खेलाडी समेत त्यसमा इच्छुक हुनुपर्नेछ ।

इङ्ल्याण्डका डिफेन्डरले अहिले युनाईटेडबाट हप्ताको २ लाख पाउण्ड प्राप्त गरिरहेका छन् । वेस्ट ह्यामले धेरै तलब दिने शर्तमा उनलाई अनुबन्धन गर्न सक्ने आँकलन गरिएको छ ।

सन् २०२० मा आले गुनर सोल्सायर युनाईटेडको प्रशिक्षक बनेपछि मागुइरीलाई कप्तान बनाएका थिए । उनी लेस्टर सिटीबाट ८० मिलियन पाउण्डमा लेस्टर सिटीबाट युनाईटेड आएका थिए । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर