डुरान्ड कप खेल्ने आर्मी भारत प्रस्थान

काठमाडौं । त्रिभुवन आर्मी फुटबल क्लब एसियाको प्रतिष्ठित फुटबल प्रतियोगिता डुरान्ड कप खेल्न भारत प्रस्थान गरेको छ ।

आमन्त्रित टोलीको रुपमा एसियाकै पुरानो र प्रतिष्ठित फुटबल प्रतियोगिता खेल्न आर्मी भारत लागेको हो ।

आर्मीको टिमलाई मुख्य प्रशिक्षकको रुपमा मेघराज केसीले नेतृत्व गर्नेछन् । भारतीय वायुसेवाको विमानबाट नेपाली टिम भारततर्फ लागेको हो ।

यस पटक प्रतियोगिता एक भन्दा बढी शहरमा सञ्चालन गरिने कार्यक्रम रहेको छ । कोलकत्ता, गुवाहाटी लगायतका विभिन्न शहरमा प्रतियोगिताका खेल सञ्चालन गर्ने तालिका रहेको छ ।

कुल २४ टिम सहभागी हुने यस प्रतियोगितामा भारतको शीर्ष डिजिभनका १२ क्लब, भारतको दोस्रो र तेस्रो डिभिजन लिगका क्लब, भारतको क्षेत्रीय लिग खेल्ने क्लब, भारतीय आर्मीका तीन क्लब, र आमन्त्रित टिमको रुपमा बंगलादेश र नेपालको आर्मीको फुटबल क्लबले प्रतियोगिता खेल्नेछन् ।

नेपालको आर्मी क्लब प्रतियोगिताको समूह इमा रहेको छ । आर्मी रहेको टिममा चेन्नेई, दिल्ली, हैदरावाद रहेका छन् ।

समूहको शीर्ष स्थानमा रहने टिम सिधै नकआउट चरण प्रवेश गर्नेछ । दोस्रो हुने टिमको समेत नकआउट चरण प्रवेशको सम्भावना रहनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर