सरकारको जानकारीबिना एयरपोर्टमा एक क्विन्टल सुन भित्रिन असम्भव : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको जानकारीबिना एयरपोर्टमा एक क्विन्टल सुन भित्रिन सम्भव नभएको बताएका छन् ।

बाँकेको नेपालगन्जमा शनिबार लुम्बिनी प्रदेशस्तरीय जनप्रतिनिधिको प्रशिक्षण भेलालाई सम्बोधन गर्दै उनले एउटा सुइसमेत छिर्न नसक्ने एयरपोर्टमा सरकारको साँठगाँठ बिना एक क्विन्टल सुन भित्रिन सम्भव नभएको बताए ।

ओलीले ्सरकारले सुन तस्करीमा आफूहरूलाई बचाउन अरुलाई फसाउने काम गरिरहेको आरोप लगाए ।

अध्यक्ष ओलीले बेथिती, भ्रष्टाचार बढेकाले देशमा एमालेको विकल्प नभएको जिकिर गर्दै गठबन्धनका नाममा मिलीजुली देशलाई लुट्ने काम भइरहेको बताए । उनले मुलुक बनाउने भिजन एमालेसँग मात्र रहेको जिकिर गर्दै मुलुकको विकास र समृद्धिका लागि एमालेबाहेक अर्को कुनै विकल्प नरहेको बताए ।

अध्यक्ष ओलीले अहिले पनि एमालेलाई चौतर्फी घेराबन्दीमा पार्ने काम भएको भन्दै सक्रिय र सतर्कताका साथ योजनाबद्ध ढंगले लाग्न कार्यकर्तालाई निर्देशन दिए ।

२ दिन चल्ने प्रशिक्षणमा १२ जिल्लाका वडाध्यक्ष, पालिकाका अध्यक्ष, उपाध्यक्ष, प्रदेश र संघका सासंदलायत सहभागि छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर