सुन तस्करी प्रकरण : ट्याक्सीलाई बीच बाटोमै समातेर मालिक जोगाउन खोजियो : लामिछाने

भक्तपुर । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सुन तस्करी प्रकरणमा मालिक जोगाउन खोजिएको हो कि भन्ने आशंका उत्पन्न भएको बताएका छन् ।

शनिबार भक्तपुरमा रास्वपा भक्तपुर नगर समिति गठन तथा घोषणा सभालाई सम्बोधन गर्दै लामिछानेले बोकेर मालिकसम्म जान लागेको ट्याक्सीलाई बीच बाटोमै समातेर मालिक जोगाउन खोजिएको हो कि भन्ने आशंका उत्पन्न भएको बताएका हुन् ।

गनतब्य पुग्नु अगावौ ट्याक्सी समात्नु रहस्यमय भएको बताउँदै यो दृश्यलाई हेर्दा तस्करी भएको सुनको परिमाण र त्यसको मालिक ठूलो व्यक्ति हुने आशंका ब्यक्त गरे ।

लामिछानेले सुन प्रकरणमा सरकारले व्यक्ति हेरेर अनुसन्धानलाई अन्त्यसम्म नपुराई अर्को फाइल खोल्ने तयारीमा लागेको हुन सक्ने भएकाले रास्वपाले खवरदारी गरिरहेको धारणा राखे ।

त्यस्तै उनले रास्वपालाई बेला बेला कुनै दलको पछि लाग्यो भन्ने आरोप लाग्ने गरेको भन्दै जनताले दिएको मतको भारी बाहेक अरु कसैको भारी बोक्नुपर्ने आवश्यकता नरहेको जिकिर गरे ।

लामिछानेले आगामी निर्वाचनमा रास्वपालाई एकल सरकार बनाउने गरि जनताले विश्वास गरे भ्रष्टाचार मुद्दामा कसैलाई नजोगाउने गरि अनुसन्धान गर्ने दावी गरे ।

लामिछानेले देशलाई सिंगापुर बनाउँछु भन्नेहरुले सिंगापुर हैन भक्तपुर मात्र बनाए पनि काफि हुने र आफू अन्य जिल्लामा पुग्दा भक्तपुरको उदाहरण दिने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर