घरजग्गा व्यवसायलाई झिनो राहत, ऋण जोखिम भारमा कमी

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई शुक्रबार जारी गरेको एकीकृत निर्देशन २०७९ मा संशोधन गरेको छ । राष्ट्र बैंकले निर्देशन संशोधन गर्दै ५० लाख रुपैयाँसम्मको सेयर धितो कर्जामा १०० प्रतिशत जोखिम भार कायम गर्नुपर्ने व्यवस्था लागू गरेको छ । यसअघि २५ लाख रुपैयाँसम्मको कर्जामा मात्र १०० प्रतिशत जोखिम भार कायम गर्नुपर्ने व्यवस्था रहेकामा कर्जाको सीमा बढाएर ५० लाख रुपैयाँ बनाएको हो । यस्तै, ५० लाख रुपैयाँभन्दा माथिको कर्जामा भने १५०प्रतिशत जोखिम भारको व्यवस्थाले निरन्तरता पाएको छ । नेपाल सरकारको सम्बन्धित निकायबाट स्वीकृति लिएर घरजग्गा प्लानिङ र डेभलपमेन्ट गर्ने कम्पनीले लिएको कर्जाको जोखिम भार १५० प्रतिशतबाट १०० प्रतिशतमा झारेको छ । यस्तै पहिलो घर खरिद वा निर्माण लागि १ करोड ५० लाखसम्मको कर्जामा लोन टू भ्यालु रेसियो ७० प्रतिशत रहेकोमा त्यसको सीमा बढाएर २ करोड पुर्‍याएको छ । व्यक्तिगत आवासीय घर कर्जाको सीमा नै बढाएर २ करोड पुर्‍याएको हो ।
यसैगरी नेपाल राष्ट्र बैंकले २५ लाख रुपैयाँभन्दा बढी ऋण लिनका लागि स्थायी लेखा नम्बर (प्यान) अनिवार्य गरेको छ । अब उप्रान्त बैंक तथा वित्तीय संस्थाले पटकपटक या एकसाथ २५ लाख रुपैयाँभन्दा धेरै ऋण दिँदा ऋणीको प्यान कार्डको प्रतिलिपी लिनुपर्नेछ ।

केन्द्रीय बैंकअन्तर्गतको बैंक तथा वित्तीय संस्था नियमन विभागले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्था निम्ति जारी गरेको ‘एकीकृत निर्देशिका, २०७९’ मा संशोधनरपरिमार्जन गर्दै प्यान कार्ड अनिवार्य गरेको हो । कुनै समूहबाट २५ लाख रुपैयाँभन्दा बढी ऋण लिएको व्यक्तिले पुनस् व्यक्तिगत ऋण लिँदा पनि प्यान कार्ड बुझाउनुपर्ने भएको छ । यसअघि भने ५० लाख रुपैयाँसम्म ऋण लिएका ऋणीले प्यान कार्ड देखाउनु पर्दैनथ्यो ।


प्रतिक्रिया

सम्बन्धित खबर