आजका लागि तरकारी र फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी र फलफूलको मूल्य सार्वजनिक गरेको छ।

जसअनुसार रातो आलु २३ रुपैयाँ प्रतिकेजी पर्दछ भने नेपाली गोलभेँडा ठुलो ४० रुपैयाँ प्रतिकेजी तोकिएको छ । यसैगरी कालो अंगुर १८०, अनार २५० रुपैयाँ प्रतिकेजीमा बिक्री भइरहेको छ। हरियो अंगुर ११०, आभोकाडो ५००, किवि ४०० प्रतिकेजी र केरा १४० रुपैयाँ दर्जन पाइने छ।

कन्य च्याउ प्रतिकेजी १५० रुपैयाँ, डल्ले च्याउ २५० रुपैयाँ, ब्रोकाउली ९० रुपैयाँ, काउली स्थानीय ज्यापु ६० रुपैयाँ, रातो बन्दा ६० रुपैयाँ, रायोको साग ६०, तोरी साग ३० रुपैयाँ र रातो मुला ५० रुपैयाँ कायम भएको छ ।

यस्तैगरी, तामा ९० रुपैयाँ, लोकल गाजर ३० रुपैयाँ, खुर्सानी सुकेको ४५० रुपैयाँ, हरियो खुर्सानी ९० रुपैयाँ, गुन्द्रुक २५० रुपैयाँ, भन्टा लाम्चो र स्कूस ५० रुपैयाँ, अदुवा ११० रुपैयाँ प्रतिकेजीमा पाइन्छ ।

यसैगरी, राजमा घिउ सिमी र तिते करेला ११० रुपैयाँ, प्याज हरियो ५० रुपैयाँ, सुकेको प्याज ३३ रुपैयाँ, भिण्डी १०० रुपैयाँ, लौका ५० रुपैयाँ, नेपाली सुकेको लसुन ११० रुपैयाँ, हरियो धनियाँ ३० रुपैयाँ र कागती २६० रुपैयाँ प्रतिकेजी खरिद गर्न सकिने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर