दमास्कसमा भएको विष्फोटमा ६ जनाको मृत्यु

काठमाडौं । सिरियाको राजधानी दमास्कसस्थित एउटा मस्जिदमा भएको विष्फोटमा कम्तिमा ६ जना मारिएका छन् ।

सिया मुश्लिम मस्जिद अगाडि गराइएको विष्फोटमा परी २० जना घाइते भएका हुन् ।

सिरियामा सिया मुश्लिमहरुको सवैभन्दा बढी भीड हुने शैयदा जैनाब मस्जिद अगाडि ट्याक्सीमा मोटरसाइकल ठोक्काएर विष्फोट गराइएको त्यहाँको आन्तरिक मामिला मन्त्रालयले जनाएको छ ।

विष्फोट भएको स्थानबाट ६ सय मिटर पर सुरक्षाकर्मीहरुको भवन रहेको जनाइएको छ । उता, लण्डनस्थित सिरिया मानवअधिकार अनुगमन संस्थाले सिरियाली राष्ट्रपति बसार अल असादको मूख्य सहयोगी इरानी मिलिसिया समूहका लडाकुहरु रहेको स्थान नजिकै विष्फोट भएको जनाएको छ । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर