जुलाई महिना अहिलेसम्मकै सवैभन्दा बढी गर्मी महिना

काठमाडौं । जुलाई महिना अहिलेसम्मकै सवैभन्दा बढी गर्मी महिना भएको दाबी वैज्ञानिकहरुले गरेका छन् ।

यस वर्षको जुलाईले सन् २०१९ को गर्मीको रेकर्ड तोडेको भन्दै उनीहरुले एक लाख २० हजार वर्षमा सवैभन्दा तातो महिना भनेका हुन् ।

तापक्रमको रेकर्ड राख्न थालेको एक सय ५० वर्षको इतिहासमा सबैभन्दा उच्च तापक्रम यही जुलाई ६ तारिखमा रेकर्ड भएको उनीहरुको भनाइ छ । अनुसन्धानकर्ताहरुले भने यो तापमान एक लाख २० हजार वर्ष यताकै उच्च हो भनेका छन् । जुलाई महिनाका २३ दिन सर्वाधिक गर्मी भएको बताएका छन् ।

यी दिनहरुमा औसत तापक्रम १६ दशमलव ९५ डिग्री सेल्सियस रेकर्ड गरिएको छ । जुन सन् २०१९ को १६ दशमलव ६३ भन्दा बढी हो । वैज्ञानिकहरुले जैविक इन्धनको बढ्दो प्रयोगकै कारण विश्व तात्ने क्रम तीब्र भएको बताएका छन् । राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटेरसले ग्लोबल वार्मिङबाट अब विश्व ग्लोबल वोइलिङतर्फ अग्रसर भएको टिप्पणी गरे ।

उता, अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि अस्तित्वकै संकट आउन सक्ने भन्दै जलवायु परिवर्तनको नकारात्मक असरलाई अब कसैले नजर अन्दाज गर्न नसक्ने बताए । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर