आर्सनलले स्पेनिस जायन्ट बार्सिलोनालाई ५–३ ले स्तब्ध बनायो

काठमाडौं । मैत्रीपूर्ण खेलमा आर्सनलले बार्सिलोनालाई हराएको छ । प्रि–सिजन टूरमा रहेका यूएसमा रहेका दुवै टिम बिहीबार बिहान प्रतिस्पर्धामा उत्रिएका थिए ।

जसमा लण्डन क्लब आर्सनलले स्पेनिस जायन्ट बार्सिलोनालाई ५–३ ले स्तब्ध बनायो ।

खेलमा अग्रता बार्सिलोनाले सातौं मिनेटमा रोबर्ट लेवान्डोस्कीको गोलमा लिएको थियो । बुकायो शाकाले १३ औं मिनेटमा लण्डन क्लबलाई बराबरीमा ल्याएका थिए ।

बार्सिलोनाले पुन अग्रता लियो ३४ औं मिनेटमा राफिन्हाको गोलबाट । तर पहिलो हाफको खेल सकिन दुई मिनेट अघि काइ हभार्ट्जले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

दोस्रो हाफमा भने आर्सनल पुरा हाबी रह्यो । ५५ औं र ७८ औं मिनेटमा लिन्ड्रो ट्रासार्डले लगातार दुई गोल गर्दै आर्सनललाई ४–२ को अवस्थामा पुर्याएका थिए ।

बार्साका फेरान टोरेसले ८८ औं मिनेटमा गोल गर्दै अन्तर घटाउने प्रयास गरेका थिए । लगत्तै पाबियो विएराले गोल गर्दै आर्सनललाई ५–३ को शानदार जित दिलाए ।

दुवै टिम नयाँ सिजनको तयारीमा छन् । नयाँ खेलाडी सहित यूएस भ्रमणमा रहेका दुवै टिमले खेलाडीलाई अभ्यासमा जुटाएका छन् । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर