प्राकृतिक विपदबाट हालसम्म ३१ जनाको मृत्यु

काठमाडौं । गृह मन्त्रालयले १ असारदेखि सुरु भएको मनसुनजन्य प्राकृतिक विपदमा परेर हालसम्म ३१ जनाले ज्यान गुमाएको छ। गृह मन्त्रालयअन्तर्गतको विपद् पूर्वतयारी प्रतिकार्य शाखाले यस वर्षको मनसुन सुरु भएयता बुधबारसम्म बाढीपहिरोबाट २४ जना बेपत्ता र ३४ घाइते भएको विवरण प्रकाशित गरेको हो।

बाढीपहिरोबाट ९५ घर पूर्णरूपमा क्षतिग्रस्त भएको छ भने १८४ घरमा आंशिक क्षति पुगेको महाशाखाले जनाएको छ। बाढीपहिरोबाट सबैभन्दा बढी संखुवासभामा क्षति पुगेको छ। गत असार पहिलो साता आएको बाढीबाट संखुवासभामा ४ जनाको मृत्यु भएको थियो भने १८ जना अझै बेपत्ता छन्।

यस्तै, ताप्लेजुङमा पहिरोमा परेर ३ जनाको ज्यान गएको छ भने ३ जना बेपत्ता छन्। महाशाखाका अनुसार पाँचथरको बाढीमा परेर ३ जनाको मृत्यु भएको छ भने ३ जना अझै बेपत्ता छन्। यस वर्ष बाढीपहिरोबाट १२ लाख ५४ हजार प्रभावित हुने राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गरेको प्रक्षेपण थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर