सिक्किममा अब महिला कर्मचारीले १ वर्ष सुत्केरी बिदा पाउने

काठमाडौं । सिक्किममा अब महिला कर्मचारीले १ वर्ष सुत्केरी बिदा पाउने भएका छन्।

बुधबार मुख्यमन्त्री प्रेमसिंह तामाङले सरकारले महिला कर्मचारीलाई १ वर्ष प्रसूति बिदा घोषणा गरेका हुन्।

सिक्किमको स्टेट सिभिल सर्भिस अफिसर्स एसोसिएसनको वार्षिक बैठकमा सम्बोधन गर्दै मख्यमन्त्री तामाङले सुत्केरी महिला कर्मचारीलाई १ वर्ष तथा श्रीमती सुत्केरी भएका पुरूष कर्मचारीले एक महिना बिदा पाउने घोषणा गरेका हुन्। ‘यो संशोधनबाट सरकारी कर्मचारीलाई आफ्ना बच्चा र परिवारको राम्रो हेरचाह गर्न मद्दत पुग्नेछ,’ तामाङले भने।

मातृत्व लाभ अधिनियम १९६१ अनुसार महिला कर्मचारीले ६ महिना प्रसूति बिदा पाउने घोषणा गरेको थियो। समाचारदाता पिटिआईका अनुसार अब नयाँ बिदा लागु गर्न सेवा कानुनमा संशोधन गरिनेछ।एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर