महोत्तरीमा मिटरब्याजी इन्द्रजित साह पक्राउ

काठमाडौं । महोत्तरीको भंगहा नगरपालिका–६ हतिसर्वाका मिटरब्याजी इन्द्रजित साह पक्राउ परेका छन् । मिटरब्याजी रघुवीर साहका छोरासमेत रहेका उनलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रशासन कार्यालय महोत्तरीमा भएको छलफलमा विवाद गर्न खोजेपछि उनलाई पक्राउ गरिएको हो । कार्यालयमा अनुचित लेनदेन कार्यदलले छलफल गरेको थियो ।

जिल्ला प्रशासन कार्यालयमा उनी र उनका बुबाविरुद्ध करिब २० वटा अनुचित लेनदेन उजुरी परेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर